
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।
मृत्यु भएका म्यादी प्रहरी जिल्लाको सर्केगाड गाउँपालिका–६ घर भएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकाया हुन् ।
साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुइँमा मृत्यु भएको अवस्थामा उनको शव भेटिएको ओझाले बताउनुभयो ।
प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्