
काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
आज (शनिबार) बिहान देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी ,गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । शनिबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ।
प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले छ।
प्रतिक्रिया दिनुहोस्