१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


७६ जिल्लाको मतपत्र छापियो, मनाङ र मुस्ताङमा हेलिकप्टबाट ढुवानी


39
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि ७६ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको जनाएको छ ।

अब ६ वटा महानगर काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्जसहित भक्तपुर जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी भएको आयोगको भनाइ छ ।

जनक शिक्षा सामग्री केन्द्रले ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको निर्वाचन आयोगले जनाएको छ ।

मतपत्र ढुवानीको काम धमाधम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । काठमाडौंबाट लामो दूरीमा मतपत्र पुगिसकेको छ । मनाङ र मुस्ताङमा हेलिकप्टरबाट ढुवानी गरिएको छ ।

बाँकी अरु ठाउँमा पनि पुर्याउने काम भइरहेको छ । आयोगले गएको १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । स्थानीय निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ ।