
काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताउनुभयो ।
त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यामको सूचीकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको उहाँको भनाइ छ ।
बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताउनुभयो ।
बोर्डले आगामी वर्ष विज्ञापन बजारको अनुसन्धान गरी उनीहरूको साइज एकीन गर्ने जनाएको छ ।
आम सञ्चारमाध्यमको लोकप्रियताको समेत एकीन हुने गरी अनुसन्धानको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने बोर्डको योजना छ ।
प्रतिक्रिया दिनुहोस्