१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन नचाहेको जिफन्टको आरोप


117
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जिफन्टले सो आरोप लगाएको हो । अनौपचारिक क्षेत्रमा पनि सामाजिक सुरक्षा भत्ता लागू गराउनका लागि कार्यविधि बन्दै गरेको भए पनि सरकार त्यसका लागि तयार नभएको अध्यक्ष विनोद श्रेष्ठको आरोप छ ।

श्रेष्ठले मजदुरलाई भन्दा सामाजिक सुरक्षा भत्ताबारे सरकारलाई बुझाउन आफूहरूलाई गाह्रो भइरहेको टिप्पणी पनि गर्नुभयो । जिफन्टले सामाजिक सुरक्षा भत्ता वितरणको विरोधमा केही मजदुरहरू आफैँ लागेको भन्दै आपत्ति जनाउँदै आएको छ ।

यसैबीच, जिफन्टले आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरेको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सो कार्यक्रमको उद्घाटन गर्नु हुने पनि जिफन्टले जनाएको छ ।