
काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान, २०७८ वरिष्ठ संगितकार तथा वाद्यवादक शुभ बहादुर सुनाम र वरिष्ठ गायिका तीर्थकुमारी थापालाई प्रदान गरिएको छ ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५० हजार एक रुपैंयासहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान वाद्यवादक रुपेश सिंहलाई प्रदान गरियो ।
सम्मान ग्रहण गर्दै संगीतकार सुनामले राजनीतिकरण नभएको शुद्ध सांगितिक पुरस्कार पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । गायिका थापाले सम्मान कार्यक्रमको निरन्तरताको शुभकामना दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्