
काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।
मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।
जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
मुम्बईको जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रनको योगदान दिए । तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रन बनाए । टिम डेभिडले अविजित २० रन जोडे ।
राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, कुलदीप सेन, रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।
राजस्थानका जस बटलरले सर्वाधिक ६७ रनको योगदान दिए । रविचन्द्र आश्विनले २१, डर्याल मिचेलले १७, सन्जु सामसनले १६ तथा देबदुत पडिकलले १५ रन बनाए ।
मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले २/२ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्