
काठमाडौं । सत्ता गठबन्धनको बैठकले निर्वाचनमा समझदारी अनुरुप काम गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्ताे निर्णय गरेकाे हाे । सत्ता गठबन्धनको बैठकले चुनावी तयारी तथा अनुमगन समितिले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेकाे छ ।
साे बैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानका लागि उक्त निर्देशन दिएको हो । साथै गठबन्धनको मर्म र भावनाअनुसार एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी गर्ने निर्णय भएको छ ।
साे निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय समेत भएकाे बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्