
काठमाडौं । शेयर बजारको ओरालो यात्रा सोमबार पनि कायम रह्यो ।
बजार खुलेलगत्तै बढेर २३ सय ५९ सम्म पुगेको बजार अन्त्यमा ४८ अंकले घटेर २३ सय ७ विन्दुमा झरेको छ । सबै उपसुचक ओरालो लाग्दा जीवन बिमा समुहमा सबैभन्दा बढी तीन सय बढी अंकको गिरावट आयो ।
यस्तै निर्जीवन बीमा समूहमा दुई सय अंकको गिरावट आउँदा होटल तथा पर्यटन, विकास बैंक र उत्पादन समूहमा एक सय बढी अंकले ओरालो लागेका छन् । यसदिन बजारमा अरु सबै समूहमा दोहोरो अंकले ओरालो लागेका छन् ।
१ सय ८७ कम्पनीको शेयर मूल्य घटेको बजारमा सात कम्पनीको मात्र मूल्य बढेको छ । आज २ सय २८ कम्पनीको ३९ लाख कित्ता शेयर १ अर्ब ४२ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्