१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


भारतीय कंग्रेस नेता गान्धी काठमाडौंमा


1.482k
Shares

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन ।

सोमबार साँझ नेपाल आइपुगेका नेता गान्धी पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् । उदास विगतमा भारतकाे सञ्चार माध्यममा आवद्ध रहेको त्यसै क्रममा उनको गान्धीसँग व्यक्तिगत मित्रता कायम रहेकाे थियो । उदासको बैैबाहिक समारोहमा बिहिबार सहभागी हुने नेता गान्धीको कार्यक्रम तय भएकाे छ ।

सो बैबाहिक समारोह सकेर गान्धी विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गरेर शुक्रबार स्वदेश फर्कनेछन ।