७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु


325
Shares

काठमाडाैं । गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

सोमबार साँझ चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिकाको आरूबोटेमा दुर्घटनामा परेको हो । साे दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंका पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिकाका उत्तरकुमार सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

साे जीप आरूबोटेको फिरफिरे भिरबाट झन्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।