२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तनहुँमा नमुना मतदान कार्यक्रम


91
Shares

तनहुँ । मतदाता शिक्षा दिनका लागि तनहुँको व्यास नगरपालिका-३ स्थित खुल्ला मैदानमा नमुना मतदान गरिएको छ ।

विगतका निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम गरिएपनि यसपटक भने मतदाता शिक्षा कार्यक्रम नभएकाले बदर हुने सम्भावनालाई न्यूनीकरण गर्न नमुना मतदान गरिएको हो। जिल्लामा पहिलोपटक मंगलबार सर्वसाधारणलाई नमुना मतदान गराइएको छ ।

बदर मतलाई न्यूनीकरण गर्न र मतदातालाई जनचेतना जगाउने उद्देश्यले गरिएको नमुना मतदानमा ६१ जना सहभागी भएका थिए । जसमध्ये चार मत पूर्णरुपमा बदर भएको थियो भने केही आंशिक मत बदर भएका थिए ।

स्थानीय तह निर्वाचनमा मतदाताले गर्नुपर्ने कामका विषयमा जानकारी दिन नमुना मतदान राखिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभएकाे छ ।