
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा शंकास्पद बस्तु राखिएको हल्ला चलेपछि अनुसन्धानमा जुटेको प्रहरीले कुनै पनि बस्तु फेला नपरेको जनाएको छ ।
अज्ञात व्यक्तिले विमानस्थल परिसरमा बम राखेको भनेर टेलिफोन गरेपछि केहीबेर आन्तरिक तर्फका सबै उडान बन्द भएका थिए । तर प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले त्यहा कुनै पनि शंकास्पद बस्तु वा बम फेला नपरेको जनाएको छ । बम राखेको भनेर हल्ला चलाउने ती व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाई छ । बम राखिएको हल्ला पछि आन्तरिक उडान बन्द गरेर यात्रुहरुलाइ मुख्य गेटबाट बाहिर निकालिएको थियो ।

बमको हल्लापछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन गरेको थियो । बमको हल्ला चलेपनि अन्तर्राष्ट्रिय तर्फको उडान नरोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्