१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एनएमबि बैंक र यो यो जिपलाईनबीच सम्झौता, आन्तरिक पर्यटनमा सहकार्य


182
Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडले यो यो जिपलाईन प्रालिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र यो योको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गर्नु भएको हो । संझौतसँगै बैंकका ग्राहकहरुले ती सेवाहरुको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।