
काठमाडौं । कारोबार हुने साताको चौथो दिन शेयर बजारमा ३१ अंकको गिरावट आएको छ ।
बुधबार बजार परिसूचक नेप्से ३१.७६ अंकले गिरावट आउँदा २२७५.६८ को विन्दुमा आइपुगेको छ । ठूला कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्समा पनि ४.९ अंकको गिरावट आउँदा ४३६.८८ विन्दुमा झरेको छ ।
२३१०.५१ विन्दुबाट सुरु भएको बुधबारको बजार एक समय २२७५.५० को विन्दुमा पुगेको थियो । पुनः बढेर २३०७ सम्म पुगेको बजार पछि फेरि घटेको थियो ।
यसदिन कुनै पनि समूहमा हरियाली छाउन सकेन । जीवन बीमा समूह २८६.८२ र निर्जीवन बीमा समूहमा २१०.८२ अंकले ओरालो लाग्दा अधिकांश समूह दोहोरो अंकले ओरालो लागेका छन् । म्युचल फन्ड र लगानी समूहमा भने सामान्य मात्र प्रभाव देखिएको छ ।
यस दिन २३३ कम्पनीका ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९२ लाखको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्