
काठमाडौं । दक्षिण भारतीय अभिनेता धनुषलाई मद्रास उच्च अदालतले अदालतमा हाजिर हुने आदेश दिएको छ ।
कहिले पेशागत त कहिले व्यक्तिगत कुराका कारण धनुष धेरै जसो चर्चामा आउने गरेका छन् । अहिले भारतको तमिल नाडुस्थित मदुरैका एक जोडीले धनुष आफ्नो छोरा भएको दावी गरेका छन् । यो मुद्दा करिव ५ वर्ष पुरानो हो, जसको कारबाहीमा धनुषलाई मद्रास उच्च अदालतले बोलाएको हो । ती जोडी काथिरेसन र उनको श्रीमती मीनाक्षी हुन् । उनीहरु धनुष आफ्नो छोरा भएको दावी गर्दै अदालतसम्म पुगेका हुन् ।
भारतीय पत्रिका ‘द टाइम्स अफ इन्डिया’ का अनुसार धनुषको आफुहरू बुवा आमा रहेको काथिरेसन र मिनाक्षीले बताएका छन् । उनीहरुका अनुसार धनुष आफ्नो तेस्रो सन्तान रहेको र फिल्म खेल्ने इच्छा तीब्र भएका कारण उनी घरबाट भागेका थिए । यस अघिको मुद्दामा धनुषले गलत ढाँचा परीक्षण रिपोर्ट अदालतमा पेश गरेको काथिरेसनले आरोप लगाएका छन् ।
यतिमात्रै नभएर अदालतमा पेश गरिएको गलत रिपोर्टलाई आधार मान्दै सन् २०२० मा यस मुद्दालाई अदालतले खारेज समेत गरको थियो । काथिरेसनले यस अघिका सबै परीक्षण गलत हो भनेका छन् र अघिका आदेशलाई खारेज गर्नपनि अदालतलाई अनुरोध गरिरहेका छन् ।
यी दम्पत्तिको निबेदन पछि धनुषलाई अदालत बोलाइएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्