२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने नेपालको दावी


325
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दावी गर्नु भएको छ ।

चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आउनुभएको नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनको पक्षमा राम्रो माहोल बनेकोले धेरै स्थानमा निर्वाचन जित्ने बताउनु भएको हो ।

भरतपुरमा स्वतन्त्र उम्मेदवारी फिर्ता गराउने कोसिस भइरहेको भन्दै उहाँले गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउनुभयो ।

नेपालले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताउनुभयो ।