
एजेन्सी । अफगानिस्तानमा महिलालाई ड्राइभिङ लाइसेन्स लिन प्रतिबन्ध लगाइएको छ ।
तालिवानले अफगानिस्तानको सत्ता हातमा लिएपछि उसले महिलाहरूमाथि शिक्षा लगायत क्षेत्रमा बिभिन्न प्रतिबन्धहरू लगाउँदै आएकोमा पछिल्लो पटक लाइसेन्समा प्रतिबन्ध लगाएको हो । अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि त्यहाँका महिलाहरुले सबैभन्दा धेरै पीडा भोग्नु परेको छ ।
तालिवान शासन आउनुअघि राजधानी काबुल लगायत अफगानिस्तानका धेरै प्रमुख शहरहरूमा महिलाहरूले गाडी चलाउने गरेका थिए । तर, अब तालिवान शासनले यसमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
अफगानिस्तानमा तालिबान शासन स्थापना भएदेखिनै मानवअधिकार समेत कुण्ठित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । त्यहाँ अहिले महिला हिंसाका घटनाहरू बृद्धि भएका छन् । केहि समय पहिला तालिवानले ६ कक्षा पास भएपछि त्यसभन्दा पछिका अन्य कक्षाका पढाइका लागि किशोरीहरूमाथि प्रतिबन्ध लगाएको थियो । तालिवानको यस्तो निर्णयमाथि बिश्वभर बिरोध भएको थियो । पछि स्पष्टीकरण दिँदै तालिबानले शिक्षकको अभाबका कारण यस्तो निर्णय लिएको दाबी गरेको थियो । यसका साथै तालिवानले अफगानिस्तानका महिलाहरूलाई नजरबन्द मा राख्ने गरेको छ ।
अफगानिस्तानमा तालिवान सत्तामा आएदेखि स्थिति झन् बिग्रिएको छ । देशको ९५ प्रतिशत जनसंख्याले खाद्यान्नको अभाब झेल्नु परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानिस्तानले विश्वमा सबैभन्दा धेरै खाद्यान्न अभाबको सामना गरिरहेको छ । त्यहाँ २ करोड ३० लाख माािनसले भोकमरीको सामना गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्