
कैलाली । जिल्लामा आगामी जेठ ५ गतेदेखि क्लब स्तरीय टी–२० क्रिकेट प्रतियोगिता धनगढी सुपर लिग हुने भएको छ ।
लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्स प्रालिले धनगढीमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । आठ दिन सम्म चल्ने प्रतियोगितामा देशभरबाट ६ वटा क्लबहरू सहभागी हुनेछन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा बिजेताले नगद २ लाख, उपविजेताले १ लाख प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्