
एजेन्सी । बलिउड अभिनेत्री नुसरत भरूच्चा लाई कण्डम बेचेपछि आलोचकहरुले डी ग्रेड अभिनेत्रीको संज्ञा दिएका छन् ।
नुसरत आफ्नो आउदै गरेको फिल्म ‘जनहित में जारी’ का कारण आलोचित भएकी छिन् । नुसरत यो फिल्ममा सेल्सगर्लको भूमिकामा देखिएकी छिन् । उनले यसमा कण्डम बेच्ने र कण्डमबारे जनचेतना फैलाउने काम गर्छिन् । फिल्मले कण्डमको बारेमा मानिसहरूलाई सचेत गराउने छ ।
उनको यो फिल्म १० जुनमा सिनेमा हलहरूमा प्रर्दशन हुने भएको छ । फिल्मको टेलर भने छिट्टैनै सार्वजनिक गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्मको टिजर सार्वजनिक भएपछि नुसरतले कण्डमको प्रचार गरेको भन्दै आलोचकहरूले उनको आलोचना गरेका हुन् । नुसरतले आलोचना गर्नेहरूको कमेन्टलाई स्क्रिनसट लिएर जनहितमा जारी भन्दै सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । सथै उनले मानिसमा भएको यही सोच बदल्न आफूले यो काम गरेको बताएकी छिन् ।
फिल्मका आलोचकहरू मात्र नभएर प्रसंशकहरू पनि रहेका छन् , जसले फिल्मको कथालाई बोल्ड र चेतना भएको राम्रो मानेका छन् । फिल्म ‘जनहित में जारी’ को पोष्टहरूमा हास्यास्पद ट्यागलाइनहरू लेखिएका छन् ।
कण्डमको प्रयोग आन्तरिक मामिला होइन यो जानकारी अब जनहितमा जारी गरिएको छ भन्ने फिल्मको सन्देश रहेको छ ।
प्रतिक्रिया दिनुहोस्