
काठमाडौं । आइएमई पे र गोल्डस्टारबीच गोलस्टार जुत्ताको खरीदमा ३० प्रतिशतदेखि ३ सय रुपैयाँ सम्म छुट दिने सम्बन्धि संझौता भएको छ ।
हालै काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त संझौता भएको हो । । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३० प्रतिशतदेखि ३ सय रुपैयाँ सम्मको छुटको व्यवस्था मिलाइएको छ ।
यो संझौता यही बैशाख २३ गते शुक्रबारदेखि लागू हुनेछ । यो सिमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेकआउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा ३०देखि ३ सय सम्मको छुट रहेको आइएमई पेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्