१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बुटवलमा सत्ता गठबन्धनको आमसभा, भाषणमा ओली नै ओली


15.678k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानको मिति नजिकिएसँगै दलहहरूका शीर्ष नेताहरूले जिल्ला दौडाहालाई तीव्र बनाएका छन् ।

यसैक्रममा रुपन्देही पुग्नुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गर्नुभएको छ ।

गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले शंका नगरी मत दिएर साझा उम्मेदवारलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने उहाँको भनाइ थियो ।

सभापति देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच बर्षका लागि पाएको जनमत आफैँले सुरक्षा गर्न नसकेको जिकिर गर्नुभयो ।

अमेरिकी सहयोग परियोजना एमसीसीले सबैभन्दा बढी फाइदा बुटवलका वासिन्दालाई हुने भन्दै बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने उहाँको भनाइ थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताउनुभयो ।

पौडेलले एमाले अध्यक्ष ओलीले राजा महेन्द्र, ज्ञानेन्द्रपछि संसद् विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्नेवाहक बनेको आरोप लगाउनुभयो ।

यस्तै, कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमालेसँग मत माग्ने कुनै आधार नभएको भन्दै ओलीले मिठो गफ मात्रै गरेर मनोरञ्जन दिलाएको बताउनुुभयो ।