२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ठूला दलको बाकस खाली गरिदिन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह


598
Shares

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सुधार्न पनि यसपटक अन्य दललाई मत नदिन आग्रह गर्नुभएको छ ।

शनिबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देश बनाउनका लागि सबै सुध्रिनुपर्ने भएकाले यसपटक ठूला पार्टीको मतको बाकस खाली गरिदिन आग्रह गर्नुभयो ।

‘भोट माग्न आउँदा पार्टीहरूलाई हामी छौ नि भन्दिनुस्,’ उहाँले भन्नुभयो, ‘तर भोट दिने बेलामा हामीलाई दिनुहोस् ।’

ठूला दललाई २० वर्षसम्म भोट दिए पनि नसुध्रिने उहाँको आरोप छ । उनीहरूलाई सुधार्न पाठ सिकाएर पठाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘ठूला दलको बाकस खाली गरे मात्रै कि मैदान छाड्छन् कि त राम्रो काम गर्छन् ।’

राप्रपा फरक ढङ्गको भएर आएको भन्दै सबैभन्दा माथि देश राखेको बताउनुभयो । अहिले राप्रपाले लिएर आएको मुद्दा र अभियान देश बचाउने रहेको उहाँको दाबी छ ।