
फाइल तस्विर
काठमाडौं । शनिबार साँझदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएकोमा अहिले उक्त पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
शनिबार बेलुका ७:४० बजे खसेको पहिरो आज (आइतबार) बिहान ४:१५ बजे पन्छाइसकिएको थियो। त्यसपछि दुवैतर्फ रोकिएका सवारी सञ्चालनमा आएका छन ।
सडक सञ्चालनमा आएसँगै रातभरि रोकिएका सवारी साधन गन्तब्यतर्फ पठाइएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्