१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हङकङमा आज नयाँ प्रशासककाे चयन हुँदै


130
Shares

काठमाडौं । हङकङमा आज (आइतबार) नयाँ प्रशासकको चयन हुनेभएकाे छ ।

क्यारी लामको कार्यकाल सकिएपछि उनको ठाउँमा जोन ली नयाँ प्रशासकको रुपमा चयन हुने लगभग निश्चित भएको हाे । ली एक मात्र उम्मेदवार रहेकाले उनी नयाँ प्रशासक बन्ने पक्का भएकाे छ । चीन सरकारले हङकङमाथिको पकड झन् कसिलो बनाउन ली लाई नयाँ प्रशासकको रुपमा ल्याउन लागेको टिप्पणी गरेको छ ।

बेइजिङका विश्वासपात्र ली सन् २०१९ मा हङकङमा भएकाे प्रजातन्त्र समर्थक आन्दोलनहरू दबाउन मुख्य भूमिका खेल्ने व्यक्ति भनेर चिनिएका छन । १५ सय जना सदस्य रहेको एउटा कमिटीले हङकङका प्रशासक चुन्ने प्रणाली रहेको छ । उक्त कमिटीमा लगभग सबै जना बेइजिङ समर्थक नै रहने गरेका छन। ली हङकङका पूर्व मुख्य सचिव हुन् भने प्रमुख प्रशासकपछि दोस्रो तहका उच्च अधिकारी पनि हुन् ।

सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गर्दा भएको सहमति चीनले पालना नगरेको भन्ने गुनासोबीच झन् कट्टर चीन समर्थक हङकङको प्रमुख प्रशासक बन्ने भएका छन ।