२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रचण्डसँग प्रधानमन्त्री देउवा थुर–थुर डराएको ओलीको टिप्पणी


312
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग थुर–थुर डराएको टिप्पणी गर्नुभएको छ ।

आईतबार नेकपा एमालेको ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । ओलीले चितवनमा प्रचण्डपुत्री रेनु दाहाललाई उम्मेदवार बनाइएको बारेमा प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिले देउवा प्रचण्डसँग डराएको दाबी गर्नुयो । देउवाले शुक्रबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा रेनुलाई चितवनमा आफूले उम्मेदवार बनाएको भन्ने अभिव्यक्ति दिनुभएकोमा ओलीले यस्तो बताउनु भएको हो ।

ओलीले चितवनमा आयोजित चुनावी सभामा प्रचण्डले रेनुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेर धम्की दिनु निर्वाचन आचार संहिता विपरित भएको बताउनुभयो ।