
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले आज (साेमबार )देखि मादक पदार्थ बिक्री वितरण तथा उपभोगजन्य कार्य पूर्णरुपमा निषेध गर्ने भएको छ ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भन्दै वैशाख ३१ गतेसम्म मदिरा बिक्री वितरण तथा उपयोगमा रोक लगाइएको बताउनुभएकाे हाे ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउनका लागि मादक पदार्थ बिक्री वितरण तथा उपभोगजन्य कार्यलाई पूर्णरुपमा निषेध गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्