
काठमाडौं । नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले चुनावी दौडाहामा आफूले कुनै प्रतिस्पर्धी नै नभेटेको दाबी गर्नुभएको छ ।
गठबन्धनका उम्मेदवार निकै कमजोर रहेको भन्दै उहाँले घरदैलो कार्यक्रममा जाँदा माहोल एकोहोरो आफूहरूको पक्षमा देखिएको बताउनुभयो ।
मेयरमा जितेपछि अहिलेको राजश्व भन्दा १० गुणा बढी उठाएर काम गर्ने प्रतिवद्धता स्थापितले व्यक्त गर्नुभयो ।
स्थापितले काठमाडौं महानगरपालिका भित्र रहेका केही सांस्कृतिक सम्पदाहरु लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाहरुको एकैपटक जग हालेर काम शुरु गर्ने बताउनुभयो ।
स्थापितले अहिले पनि २ सय ५० भन्दा धेरै खाली जग्गामा पर्खाल लगाएर राखेकोले त्यसलाई भत्काएर नयाँ संरचना बनाउने बताउनुभयो ।
मेयरका उम्मेदवार स्थापितले महानगरले उठाउन बाँकी ४८ अर्ब राजश्व रहेको आफ्नो विज्ञ टिमले पत्ता लगाएको बताउनुभयो ।
उक्त रकम आफू मेयर बनेको ६ महिनाभित्र उठाएर महानगर विकासका लागि काम उहाँको प्रतिवद्धता छ ।
स्थापितले आफू मेयर बनेपछि सबैभन्दा पहिला त्रिचन्द्र कलेजको पुनः निर्माण गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्