२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


उपमेयरकी उम्मेदवार कुर्मीको निधन


1.56k
Shares

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ ।

बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएकी कुर्मीको सोमबार राति हृदयघातका कारण निधन भएको जनाइएको छ ।

कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन् ।

कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ ।