२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतका चर्चित संगीतकार शिवकुमार शर्माको निधन


143
Shares

काठमाडौं । भारतका चर्चित संगीतकार तथा सन्तूर वादक पण्डित शिव कुमार शर्माको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी विगत ६ महिनादेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए र डायलासिस गराइरहेका थिए ।

उनी चर्चित सन्तुरवादक थिए । जम्मुमा जन्मेका पण्डित शिवकुमारले १३ वर्षको उमेरदेखि सन्तूर सिक्न थालेका थिए । उनको पहिलो सार्वजनिक प्रदर्शन सन् १९५५ मा मुम्बईमा भएको थियो ।

शिवकुमारको फिल्मी जगतमा पनि महत्वपूर्ण योगदान थियो । बलिउडमा ‘शिव–हरि’ (शिवकुमार शर्मा र हरिप्रसाद चौरसिया) को जोडीले कैयौं हिन्दी फिल्मका लागि संगीत दिएका थिए । यीमध्ये सबैभन्दा चर्चित चलचित्र ‘चाँदनी’ को ‘मेरे हाथों मे नौ नौ चुडियाँ’ थियो, जुन दिवंगत अभिनेत्री श्रीदेवीमाथि बनेको थियो ।

उनको मे १५ मा एउटा कार्यक्रम हुन लागेको थियो । तर, कार्यक्रमको केही दिनअघि शिवकुमारले निधन भएको छ ।

उनले सन् १९९१ मा प्रतिष्ठित पद्मश्री र २००१ मा पद्मविभूषण प्राप्त गरेका थिए ।