
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले लोकतन्त्रको विकासको निम्ति निर्वाचन स्वच्छ हुनुपर्ने बताउनुभएको छ ।
आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो ।
निर्वाचनमा उम्मेदवार र जनता अनुशासित भएमा दुईजना व्यक्तिले मात्रै हजारौं हजारको निर्वाचन गराउन सक्ने उहाँको भनाइ थियो । स्वच्छ निर्वाचनका लागि आयोगले पहल गराउनुपर्ने र जनता पनि शिक्षित हुनुपर्नेमा उहाँको जोड छ ।
‘निर्वाचनमा जनता पनि अनुशासित हुने हो, निर्वाचनमा उम्मेदवार पनि अनुशासित हुने हो,’ उहाँले भन्नुभयो, ‘अनुशासनको बातावरण राम्रो भयो भने दुई जना व्यक्तिले हजारौँ हजारको निर्वाचन गराउन सक्छ, त्यसमा एउटा मतदान अधिकृत र एउटा सहायकले गर्न सक्छ ।’
प्रतिक्रिया दिनुहोस्