२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पाँचदलीय गठबन्धन ३० गतेपछि पाँचतिर लाग्छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल


91
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाँचदलीय गठबन्धन बैशाख ३० गतेपछि पाँच तिर बाटो लाग्ने बताउनुभएको छ ।

बाराको सिमरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले ३० गतेको स्थानीय निर्वाचनको मतपरिणामपछि पाँचतिर लाग्ने बताउनुभयो । सतारुढ गठबन्धनलाई लुतोको संज्ञा दिँदै उहाँले निर्वाचन पछि पखालिने बताउनुभयो ।

परमादेशले बनाएको प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना सय दिनको उपलब्धीमा चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेसँगै उहाँको असली चरित्र देखिएको पोखरेलको आरोप छ ।

स्वतन्त्रता दिवस नमनाउने विश्वको एकमात्र देश नेपाल रहेको स्मरण गराउँदै पोखरेलले राष्ट्रियताको विषयमा आँखा जुधाएर बोल्न सक्ने हैसियत भएको देशकै एकमात्र पार्टी एमाले भएको दाबी गर्नुभयो ।

एमालेको तर्फबाट मेयरका उम्मेदवार सरस्वती चौधरी उपमेयरका उम्मेदवार भोला अधिकारीले आफूलाई निर्वाचित गराए विकास निर्माणका कार्यसँगै शिक्षा, स्वास्थ्य र अन्य आवश्यकताको उचित सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।