१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनको एउटा भवनको भग्नावशेषमा ४४ को शव फेला


338
Shares

काठमाडौं । युक्रेनको एउटा भवनको भग्नावशेषमा ४४ जनाको शव फेला परेको छ ।

गत मार्चमा रुसी सेनाले आक्रमण थालेसँगै स्थानीयले आश्रय लिएको पाँच तले भवन क्षतिग्रस्त भएको थियो ।

सोही मार्गको अर्को भवनलाई लक्षित गरेर पनि बम प्रहार भएकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

रुसले गत १ अप्रिलमा नियन्त्रणमा लिएको इज्युम सहरमा रुसी फौज अझै तैनाथ छ । मर्चेन्काले ती भवनहरूमा बम आक्रमण गरिँदा रुसी फौजले सहरको आधा भाग मात्रै कब्जा गरेको बताए ।

रुसी फौज अघि बढ्ने क्रममा उनीहरूले सिधै भवन लक्षित बम प्रहार गरेको थियो ।