
web pic
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बा ५ ख ७३४५ नम्बरको टिप्परले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, ललितपुर महानगरपालिका–२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन तीन तले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मंगलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्तपालमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्