
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारद्वय केशव स्थापित र सिर्जना सिंहले मतदान गर्नुभएको छ ।
एमालेबाट मेयरका उम्मेदवार स्थापितले वडा नम्बर ३१ बागबजारस्थित पद्यमकन्या क्यापम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । त्यस्तै कांग्रेसबाट मेयरकी प्रतिस्पर्धी सिंहले काठमाडौं महानगरपलिका वडा नम्बर १६ युवक मावि मतदान केन्द्रबाट मत हाल्नुभएको हो ।

उम्मेदवार सिंहसँग उहाँका श्रीमान तथा कांग्रेस नेता प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । काठमाडौंकै अर्का चर्चित उम्मेदवार बालेन शाहले भने ११ बजे तीनकुने गौरी गाउँको अन्नपूर्ण मावि मतदान केन्द्रबाट मत हाल्नु हुनेभएको छ । शाह बिहानैदेखि विभिन्न मतदान केन्द्रहरूमा पुगिरहनु भएको छ ।
त्यसैगरि काठमाडौंमा ५० जना मेयर उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्