१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङजामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु


1.339k
Shares

काठमाडौं । स्याङजामा आज मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट वालिङ आउदै गरेको ग. २ च. ३०२६ नं.को जिप अनियन्त्रित भई सडकबाट करिब ५सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जानकारी गराएको छ ।

घाईतेमध्ये केहीलाई उपचारको लागि पोखरा पठाईएको, तथा केही घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको जनाइएको छ । मतदातालाई बोकेर मतदान स्थलथर्फ जाने क्रममा जिप दुर्घटना भएको हो ।