१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले गर्‍यो हवाई फायर


923
Shares

जनकपुरधाम । धनुषामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको शहीदनगर नगरपालिका–१ स्थित कुम्भकर्ण प्रा.वि.मा रहेको मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनु भएको छ ।

विवाद पछि केही समय मतदान अवरुद्ध भएको थियो, तर विवाद साम्य भएपछि पुनः मतदान सुरु भएको छ ।

धनुषामा ३ सय २३ वटा मतदानस्थल रहेकोमा १ सय ८३ वटा मतदान स्थललाई अति संवेदनशिलको रुपमा वर्गिकरण सुरक्षा निकायले गरेको छ । जिल्लाको अन्य मतदान स्थलमा सामान्य रुपमा मतदान भइरहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिनु भएको छ ।