
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा भएको झडपका क्रममा घाइते भएका कार्यालय सहयोगीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेत तर्फ लगिँदै छ ।
ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य सामान्य घाइते भएको र कार्यालय सहयोगी काला रोकाया भने गम्भीर घाइते भएका कारण नेपाली सेनाको हेलिकप्टर हुम्ला तर्फ गएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो ।
मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्