
web pic
स्याङ्जा । स्याङ्जामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ को स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।
झडपका कारण १ घण्टादेखि मतदान रोकिएको छ । मतदाताहरू मतदान गर्नका लागि मतदान केन्द्रमा पुगे पनि मतदाना सुचारु नहुँदा अन्योलमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्