१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्थानीय निर्वाचन नेतृत्व नविकरणको अवसर : झलनाथ खनाल

सिंहदरबारको अधिकार गाउँमा ल्याउन स्थानीय निर्वाचन महत्त्वपूर्ण : सुवास नेम्वाङ्ग

156
Shares

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचन नेतृत्वलाई नविकरण गर्ने अवसर रहेको बताउनुभएको छ ।

सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभुत विद्यायबाट मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै खनालले नेपालमा लोकतन्त्र कलिलो अवस्थामा रहेकाले संविधानको रक्षा र मुलुकलाई स्थायित्व प्रदान गर्नका लागि मतदान अपरिहार्य रहेको बताउनुभयो ।

अघिल्लो निर्वाचनबाट देशमा स्थायित्वको अपेक्षा गरिए पनि गलत नेतृत्वका कारण सफल हुन नसकेको खनालको भनाइ छ । अबको निर्वाचनले मुदुकलाई स्थायित्व दिँदै समाजवादको आधार तयार पार्ने उहाँले बताउनुभयो ।

त्यस्तै, नेकपा (एमाले)का नेता तथा पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ्गले सिंहदरबारको अधिकार गाउँमा ल्याउनका लागि आजको दिन महत्वपूर्ण रहेको बताउनुभयो ।

जनताले जनताको लागि बनाइएको संविधान कार्यान्वयन गर्नु सबैको दायित्व हुने भन्दै उहाँले दायित्व पूरा गर्न सबैलाई आह्वान गर्नुभयो ।

नेम्वाङ्गले इलाम नगरपालिका वडा नम्बर ७ को महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
खनाल र नेम्वाङ्गले विहान ८ बजे मतदान गर्नुभएको थियो ।