१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रेको पाँचखालमा सत्तारुढ गठबन्धनका कार्यकर्ताबाट मतदान स्थलमा तोडफोड, मतदान स्थगित


2.106k
Shares

काठमाडौं । मतदानका क्रममा देशका विभिन्न स्थानमा झडप भएका छन् ।

झडपमा परी केही निर्वाचन कर्मचारीहरु समेत घाइते भएका छन् भने केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा झडपपछि मतदान स्थगित भएको छ ।

मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।

आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्री समेत तोडफोड गरेका छन् । मतदानस्थल नै तहसनहस बनाइएको छ । तर, प्रहरीले मत हालिसकेका मतपेटिका भने सुरक्षित राखेको छ ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका थिए ।

उता, सप्तरीको डाक्नेश्वरीको एउटा मतदान केन्द्रमा पनि मतदान स्थगित गरिएको छ । डाक्नेश्वरी वडा नम्बर २ को हरिरबा जनता मावि मतदान केन्द्रका मतदान अधिकृत विपिन यादव नै कुटिएपछि त्यहाँ मतदान स्थगित गरिएको हो । उक्त केन्द्रमा जेठ १ गते पुनः मतदान हुने भएको छ ।