
काठमाडौं । विराटनगर महानगरपालिकामा आज (शनिबार) बिहान मतगणना सुरु भएको छ ।
विराटनगर महानगरपालिकामा वडा नं १, २ र ३ तथा वडा नं १९,१८ र १७ गरी ६ वटा कोठाबाट एकै साथ मतगणना सुरू गरिने दलहरुबीच सहमति भएको छ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोइराला र नेकपा एमालेका सागर कुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै, उपमेयरमा गठबन्धनबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा नेकपा एमालेबाट शिल्पा कार्की उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्