
काठमाडौं । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले अग्रता लिएको छ ।
पहिलो १ सय मतगणना सकिंदा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएका छन्।
नागरिक उन्मुक्ति पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् । ५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा ३१ हजार २ सय ९३ मत खसेको थियो ।
टीकापुरमा शनिबार बिहानदेखि मात्रै मतगणना सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्