२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नवलपरासीको मत परिणाम आउन अझै ४ दिन लाग्ने


390
Shares

नवलपरासी । पश्चिम नवलपरासीको मत परिणाम आउन अझै ४ दिन लाग्नेभएको छ ।

पश्चिम नवलपरासीको मत परिणाम आउन ४ दिन लाग्ने अनुमान गरिएको छ । ३ नगरपालिका र ४ गाउँपालिकागरि कुल ७ स्थानीय तह रहेको जिल्लामा आज (शनिबार) बिहानदेखि मत गणना सुरु गरिएको छ ।

गाउँपालिकाको ३ दिन र नगरपालिकाको परिणाम आउन अझै ४ दिन लाग्ने जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले जानकारी दिनुभएको छ ।

जनशक्ति अभावका कारण कुनै पालिकामा एउटा वडाको मात्र र कुनैमा भने २ वटा वडासम्मको मत गणना भइरहेको छ ।