६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिन्धुलीको मरिण गाउँपालिकामा माओवादीको अग्रता, वडा नम्बर १ मा माओवादीको प्यानलै विजयी


871
Shares

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विमर्श मोत्तानको अग्रता कायमै रहेको छ ।

गाउँपालिकाको वडा नम्बर –१ को मतगणना सकिदा गाउँ पालिकामा माओवादीका अध्यक्ष पदका उम्मेदबार मोक्तानलाई ५५५ मत प्राप्त भएको छ । त्यसैगरी एमालेका गोबिन्द लाल माझीलाई ४ सय ३१ मत आएको छ । त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी विमला माझीलाई ५३२ मत प्राप्त भएको छ ।

वडा नम्बर १ मा १ हजार १८ मत खसेकोमा वडा अध्यक्षमा ५०६ मत सहित माओवादी केन्द्रका हिरा बहादुर गुर्माछान प्यानल सहित विजयी हुनुभएको छ ।