१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता


559
Shares

कैलाली । स्थानीय तह सदस्य निर्वाचनमा जिल्लाको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बनाउनुभएको छ ।

५ सय २८ मत गणना गर्दा हमालले २ सय ४६, नेपाली कांग्रेसका नृपबहादुर वडले १ सय ६२ र नेकपा (एमाले)का रणबहादुर चन्दले २६ मत ल्याएका छन् ।

यस्तै, उपमेयरतर्फ नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारीले १ सय १५, एमालेकी कन्दकला रानाले ७५ र अर्का एक स्वतन्त्र उम्मेदवारले ८७ मत ल्याएका छन् ।

९४ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना अझै पनि जारी छ । स्वतन्त्र उम्मेदवारको अग्रता बनाएकाले यहाँको चुनावी प्रतिस्पर्धालाई पनि महत्त्वका साथ हेरिएको छ ।