
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर बढाउनुभएकाे छ।
२ हजार ५ सय ८१ मत गणना हुँदा उहाँले ९ सय ८० मत प्राप्त गर्नुभएको हो । उहाँलाई पछ्याई रहनुभएका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८ सय ७१ मत प्राप्त गर्नुभएको छ।
सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले भने ३ सय २६ मत प्राप्त गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्