१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रामेछापको दोरम्बा गाउँपालिकामा एमालेको अग्रता कायमै


559
Shares

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

एमालेले अग्रता कायम राख्दै मतान्तर समेत बढाउदै लगेको हो । साे गाउँपालिकाको वडा नम्बर १ डडुवामा १ हजार ५ मतगणना हुँदा एमाले गाउँपालिकाका अध्यक्षका उम्मेदवार टंक चौलागाईले ७ सय २२ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादीबाट मैन कुमार मोक्तानले ६ सय ३८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेबाट मुना कँडेलले ७ सय २४ र नेपाली कांग्रेसबाट खमला थापामगरले ५ सय ६३ मत प्राप्त गर्नुभएको छ ।