
काठमाडौं । इलामको रोङमा भाइ मनोज खड्कालाई हराउँदै दाजु मनोहरि खड्का वडाध्यक्षमा विजयी हुनुभएकाे छ ।
इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित हुनुभएको हाे। नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १ सय २२ मतले पराजित गर्दै मनोहरि निर्वाचित हुनुभएको हो । मनोहरिले ६ सय १० मत प्राप्त गर्दा मनोजले ४ सय ८८ मत प्राप्त गर्नुभएको हो । मनोज र मनोहरि दाजुभाइ समेत हुनुहुन्छ ।
अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ । वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएको छन् ।
साथै वडा नम्बर १ को मत गणना सकिंदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवास तामाङले २ सय १३ मतको अग्रता बनाउनुभएको छ । एमालेको मेहरमान तामाङले ४ सय ८४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुवास तामाङले ६ सय ९७ मत प्राप्त गर्नुभएको हो ।
साथै उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ । नेकपा एमालेको उम्मेदवार विष्णु खवास भन्दा नेपाली काग्रेसको कल्पना खनाल भण्डारीले ५१ मत बढी पाउनुभएको हो । कल्पनाले ६ सय ११ मत र विष्णुले ५ सय ६० मत प्राप्त गरेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्