१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङको शान्तिनगर–२ मा २७ वर्षीय स्वतन्त्र उम्मेदवार वडाध्यक्ष


351
Shares

दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।

२७ वर्षीय सुनिल वलीले ७ सय ४८ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का ठाकुरप्रसाद केसीले ६ सय ४ण्१ मत प्राप्त गर्नुभएको थियो । उहाँहरूबीच १ सय १ मतान्तर रह्यो ।

त्यस्तै कांग्रेसका उम्मेदवार टोपेन्द्रकुमारी खड्काले ४ सय ७६, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३ सय १४ मत प्राप्त गरेका थिए ।

वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट हुनुहुन्थ्यो । तर, उहाँले युवाहरू राजनीतिमा आउनुपर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो ।